बालुवाटारमा सुरक्षा चुनौतिबारे दुई घण्टा चर्चा
प्रधानमन्त्री सुशीला कार्कीले चारै सुरक्षा निकायका प्रमुखहरूसँग संयुक्त छलफल गर्नुभएको छ।
आज बिहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगालसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी रहेका थिए।
करिब दुई घण्टा लामो छलफलका क्रममा सुरक्षा प्रमुखहरूले प्रधानमन्त्रीलाई देशको वर्तमान सुरक्षा स्थिति र पछिल्लो राजनीतिक अवस्थाबारे विस्तृत ब्रिफिङ गरेका थिए।
त्यस क्रममा जेन–जी आन्दोलनपछि देखिएका राजनीतिक घटनाक्रम र सम्भावित सुरक्षा चुनौतीहरूबारे पनि विस्तृत रूपमा छलफल भएको स्रोतले जनाएको छ।
टिप्पणीहरू