नक्कली जेनजीको धमास: ओली र महेशले अब दशैं देख्न पाउने छैनन्
डा. निकोलस भुसालले निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उनका सहयोगी एवम् एमाले नेता महेश बस्नेतले आगामी दशैं देख्न नपाउने ठोकुवा गरेका छन् । भदौ २३ गते नरसंहार गरेको आरोप लगाउँदै ओली र उनको मतियार बनेको भनी उनले महेशविरुद्ध गम्भीर चेतावनी दिएका हुन् ।
कान्तिपथस्थित होटल यल्लो पगोडामा भर्खरै आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले भदौ २४ गतेपछि सबै नेताहरु भैरवनाथ गणमा लुकेर बसेको र आफूहरुको दयामायाका कारण ज्यान जोगिएको बताए । उनले भने, ‘हामी अहिंसावादी भएकाले उनीहरु बचेका हुन् । भैरवनाथ गणका सेनाले थुतेर लैजान सक्नुहुन्छ भन्दा पनि थुतेनौं ।’
‘त्यसैले अब अर्को दशैं केपी ओली र महेश बस्नेतहरुले हेर्न पाउने छैनन्,’ त्यो बेलासम्म उनीहरुको प्राण नरहने भुसालको निश्कर्ष छ ।
आफूहरुले गत दशैंमा विभिन्न शक्तिपीठहरुमा पूजापाठ गरेकाले अहिले शक्ति आर्जन भएको उनको दाबी छ । ‘त्यसैले अब अर्को दशैं केपी ओली र महेश बस्नेतहरुले हेर्न पाउने छैनन्,’ त्यो बेलासम्म उनीहरुको प्राण नरहने भुसालको निश्कर्ष छ ।
टिप्पणीहरू