एउटाले मन्त्री बन्न पाएनन्,अर्कोले मन्त्री बन्न चाहेनन्

एउटाले मन्त्री बन्न पाएनन्,अर्कोले मन्त्री बन्न चाहेनन्

नयाँ मन्त्रीका लागि हिजो चार जनाको नाम रास्ट्रपतिसमक्ष सिफारिस भएकोमा आज दुई जनाको मात्र शपथ भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि सिफारिस पाएका दलित अभियन्ता खर्गेन्द्र सुनार अनेकौं विवादमा तानिएपछि र सम्पदाविद् गणपतिलाल श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्न नमानेपछि दुई जनालाई मात्र शपथ खुवाउन लागिएको हो । 

स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा डा.सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ताले आज शपथ ग्रहण गरिसकेका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउन लागिएका सम्पदाविद् गणपतिलाई प्रधानमन्त्री कार्कीले भूमि मन्त्रालय जिम्मा दिन खोजेपछि उनले मन्त्री नमानेको बुझिएको छ । 

दर्जनौं भ्रष्टाचार काण्डमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले आफू दोस्रोपटक पनि महानिर्देशक बन्न र कारबाहीबाट उम्किन पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई गत असोज २३ गते फिस्टेल एअरको हेलिकप्टरमा लुक्ला घुमाउन लगेका थिए । गणपतिलाल पर्यटनमन्त्री बनेपछि आफू दोस्रोपटक महानिर्देशक बन्न सक्ने र कारबाहीबाट पनि जोगिने भएपछि अधिकारीले श्रेष्ठमार्फत उनको नाम मन्त्रीमा सिफारिस गरेको स्रोत बताउँछ । 

अन्तिम समयमा कार्की सरकारले उनलाई भूमिको जिम्मा दिन खोज्यो । उनले पर्यटनमन्त्री पाए बन्छु,नत्र कुनै मन्त्री बन्दिन भने’,

अन्तिम समयमा प्रधानमन्त्री कार्कीले भूमि व्यवस्थामन्त्री बनाउन खोजेपछि उनले नमानेको स्रोतको जिकिर छ । स्रोतका अनुसार उनले पर्यटनमन्त्री पाए खाने,नत्र नखाने भनिदिए । ‘अधिकारीले उनलाई आफ्नो फाइदाका लागि पर्यटनमन्त्री बनाउन खोजेका हुन् । तर, अन्तिम समयमा कार्की सरकारले उनलाई भूमिको जिम्मा दिन खोज्यो । उनले पर्यटनमन्त्री पाए बन्छु,नत्र कुनै मन्त्री बन्दिन भने’,स्रोतले भन्यो । 

स्रोतका अनुसार प्रदिप र कल्याण लुक्ला गएको विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको नाम बाहिरिने डरले फ्लाइट म्यानिफेस्ट अहिलेसम्म विमानस्थल कार्यालयमा बुझाइएको छैन  ।

टिप्पणीहरू