यस्तो थियो मन्त्री बन्नुअघि सुधाका कुरा

यस्तो थियो मन्त्री बन्नुअघि सुधाका कुरा

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा आज दुई मन्त्री थपिएका छन् । पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा र जेन जी अगुवा भनिएका बब्लु गुप्ता मन्त्री बनेका हुन् । 

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शर्माले स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुदमन्त्रीको सपथ लिएका हुन् । आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठसमेत मन्त्री हुने भनिएकोमा विवादमा परेपछि २ जनालाई मात्र शपथ गराइएको हो । 

यता, नवनियुक्त स्वास्थ्यमन्त्री शर्माको संसद विघटनसम्बन्धी पुरानो धारणा यतिबेला चर्चामा आएको छ । प्रतिनिधिसभा विघटनगरी बनेको गैरदलीय सरकारकी मन्त्री उनले पाँच वर्षअघि भने संसद भंग गरेकोमा आपत्ति जनाउँदै तत्कालीन प्रधानमन्त्री र राष्ट्रपतिको चर्को विरोध गरेकी थिइन् ।

 

दोस्रो पटक प्रधानमन्त्री भएका बेला २०७७ र ०७८ सालमा केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन गरिएको थियो । त्यसको कडा विरोध गर्दै शर्माले फेसबुकमा लेखेकी थिइन्, ‘प्रधानमन्त्री ओलीको संसद भंग गर्ने निर्णय र राष्ट्रपतिको कदम निन्दनीय छ, संविधान उल्लङ्घन गर्ने छुट कसैलाई छैन ।’

टिप्पणीहरू