बालेनको आडमा डोजर आतंक, नागरिकहरुमाथि सुरक्षा खतरा
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको भनाइ र व्यवहारमा आकाश पातालको अन्तर भेटिएको छ । तिहारको बिदा र पर्वका वीच कात्तिक २ गते पुराना र रैथाने उद्योगपति पियुषबहादुर अमात्यको बानेश्वरस्थित घर जग्गामा बलमिच्याईपुर्वक ३ वटा डोजर चलाइँदा वरपरको पर्खालसँगै घरको केही भाग भत्काइएको घटनाले कानुनी र ब्यवहारिक रूपमा चर्को विवाद निम्त्याएको छ ।
नयाँ बानेश्वर,वडा नम्बर–१० स्थित मदन भण्डारी पथमा अमात्यले ४२ बर्षअगाडि २०४० सालमा घर बनाएका थिए । भिरालो जग्गामा रहेको घर भत्किन नदिने उद्देश्यले छेउको दुई आना दुई पैसा साढे तीन दाम जग्गा खरिद गरी पर्खाल निर्माण गरिएको थियोे ।
तर,लालपुर्जा बनिसकेपछि जग्गाधनीले उक्त जग्गा बिक्री गरिदिए । अहिले आएर इन्टरनेशनल स्कूल अफ म्यानेज्मेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) ले उक्त जग्गाको स्वामित्व आफूसँग रहेको दावी गरेको छ । वीचमा आईएसएमटीले त्यहाँ भवन निर्माणको तयारी गर्दै महानगरको न्यायिक समितिमा मुद्दा दायर गरेको प्राप्त कागजातमा देखिन्छ ।
मेयर बालेनको इजलासले वैशाख ११ गते पर्खाल भत्काउन आदेश दिएको पनि स्कूल पक्षले बल्ल बाहिर ल्याएको छ । सोउपर अदालतमा पुनरावेदन चलिरहेकै बेला कात्तिक २ गते आईएसएमटीले डोजर चलाउँदै पर्खाल भत्काएको हो । अमात्यका कानुनी प्रतिनिधि वीरेन्द्र पाठकले भनेका छन्, “प्रक्रिया पूरा गरी,महानगरका प्रतिनिधि राखेर मात्र घर भत्काउन पाइने हो तर यस्तो नियमको कत्ति पनि पालना भएको छैन।”
कि जेनजी आन्दोलनमा महानगर प्रहरी बलको पनि बर्दी लुटिएको थियो र स्कूल परिवारको सहयोगार्थ काभ्रेबाट ल्याइएका बाहुबलीहरु त्यही पोशाक पहिरी अनुहारमा प्लास्टिक सर्जरी गराएर अमात्यको घर भत्काउनमा सामेल भएका हुन् ? खोजी गर्नैपर्ने भएको छ ।
अमात्यले बलजफ्तीपूर्ण बिध्वँशविरुद्ध प्रहरी वृत्त बानेश्वरमा उजुरी दर्ताको प्रयास गरे पनि प्रहरीले ‘हात हालाहालको स्थिति बनेपछि मात्र आउन’ गैरजिम्मेवार जवाफ दिएर रित्तो हात फर्काइदिएको पीडित परिवारको गुनासो छ ।
उता राजु पाण्डेमातहतको महानगर प्रहरी बलका बानेश्वर एरिया ईञ्चार्ज शिव पौडेलले डोजर लगाए पनि आफूहरु त्यसमा संलग्न नभएको दावी गरेका छन् । तर जनआस्थासँग रहेका प्रमाण र तस्वीरअनुसार,अमात्यको घर भत्काउने क्रममा उनीहरू बर्दी लगाएर त्यहाँ उपस्थित भएका थिए । त्यस दिन बिहान सवा ६ बजे नै आफूहरु भत्काउन जान लागेकोले साथ दिन बानेश्वर बृत्तका प्रहरी डिएसपी हरि खतिवडालाई खबर गर्ने यिनै हुन् । दिनको घामजत्तिकै छर्लङ्ग यो तथ्यलाई उनका हाकिम राजु पाण्डेले भने ठाडै छोप्न खोजेका छन् ।

उनले यस प्रकरणमा आफूहरुको कुनै संलग्नता नरहेको र अदालतमा मुध्दा चल्दाचल्दै केही गर्नै नमिल्ने दावीसमेत गरेका छन् । तर तस्वीरमा देखिएका यी पात्र उनका कर्मचारी नभए को हुन् ? भन्ने सम्बन्धमा महानगर मौन छ ।
कि जेनजी आन्दोलनमा महानगर प्रहरी बलको पनि बर्दी लुटिएको थियो र स्कूल परिवारको सहयोगार्थ काभ्रेबाट ल्याइएका बाहुबलीहरु त्यही पोशाक पहिरी अनुहारमा प्लास्टिक सर्जरी गराएर अमात्यको घर भत्काउनमा सामेल भएका हुन् ? खोजी गर्नैपर्ने भएको छ ।
घटनाले राजधानीको मुटुमै नागरिकको सुरक्षा,न्यायिक प्रक्रिया र सरकारी निकायको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। अदालतमा पुनरावेदन जारी रहँदा,चाडबाड र बिदा छोपेर घर भत्काउने कार्यले वृद्धवृद्धा बस्ने घरमा अप्रिय घटना हुनसक्ने जोखिम बढाएको छ ।
स्थानीय छिमेकीहरु भन्छन्,‘यदि यसप्रकारको दादागिरीमा संलग्नहरुलाई बेलैमा कारबाही नगरिए भविष्यमा अन्य नागरिकको सम्पत्ति र जीवन पनि जोखिममा पर्न सक्ने खतरा छ।’
याे पनि...
भत्काउनमा कसले भेट्ने बालेनलाई ? बिदाको बेला उद्योगपति अमात्यको घरमाथि डोजर
टिप्पणीहरू