पूर्वराष्ट्रपति र सभामुखबीच संवाद, त्यसपछि योगेशको ‘इन्ट्री’

पूर्वराष्ट्रपति र सभामुखबीच संवाद, त्यसपछि योगेशको ‘इन्ट्री’

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख देवराज घिमिरेबीच हिजो साँझ भेटवार्ता भएको छ । सभामुख निवास बालुवाटारमा साँझ पौने ६ बजेदेखि करिब पौने ८ बजेसम्म दुई घण्टा उक्त भेटघाट भएको स्रोतको दावी छ ।  

सभामुखलाई भेटेर बालुवाटारकै लम्टङ्गिन मार्गस्थित जेठी छोरी उषा किरणको निवासमा फर्केपछि भण्डारीसँग एमाले सचिव योगेश भट्टराईले करिब एक घण्टा कुराकानी गरेको बुझिएको छ । पूर्व राष्ट्रपति भण्डारीलाई साँझ पौने ८ बजेदेखि भेट्न थालेका भट्टराई ९ बजे हाराहारी बाहिरिएको बताइन्छ ।

बूढानीलकण्ठ नजिकैको भंगालस्थित निवास भदौ २४ गतेको जेन जी विध्वंशमा जलाइएपछि पूर्व राष्ट्रपति भण्डारी जेठी छोरी उषाकिरणको घरमा बस्दै आउनुभएको छ ।

गतसाता उहाँसँग भेटघाट गर्न प्रधानसेनापति अशोकराज सिग्देल र एमाले उपाध्यक्ष ईश्वर पोखरेल पनि त्यहाँ पुग्नुभएको थियो ।

टिप्पणीहरू