विप्लव समूह २ बजे निर्वाचन आयोग पुग्दै

विप्लव समूह २ बजे निर्वाचन आयोग पुग्दै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग जाँदैछ । दिउँसो २ बजे कान्तिपथस्थित आयोग कार्यालयमा नेताहरु सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढाहरू पुग्दैछन् ।

आयोगले आगामी फागुन २१ गते तोकिएको आमनिर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ता प्रमाणपत्र लिनुपर्ने म्याद तोकेको छ। सोही प्रयोजनको निम्ति विप्लव समूहले यही कात्तिक महिनाभित्र दल दर्ता प्रक्रिया पूरा गर्ने तयारी गरेको छ।

यसअघि हालिएको दल दर्ताको निवेदन आवश्यक कागजात अभावमा रोकिएको थियो ।

टिप्पणीहरू