गृहमन्त्रीको राजीनामा माग्न थाले बालेनका ‘राइट ह्याण्ड’ले

गृहमन्त्रीको राजीनामा माग्न थाले बालेनका ‘राइट ह्याण्ड’ले

ओमप्रकाश अर्याललाई गृहमन्त्रीबाट बिदाई र उनको विकल्प खोज्न काठमाडौं महानगरका मेयर बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीलाई पटक पटक दबाब दिएसँगै उनका ‘राइट ह्याण्ड’ मानिने भिक्टर पौडेलले पनि अर्यालको राजीनामा माग्दै आफ्नो सर्कलमा सर्कुलेट गरेका छन् । यसअघि उनै अर्याल बालेनका अनन्य सहयोगी थिए ।

गृहमन्त्री बनेपछि अर्यालले पुरानो सरकारका मुलीहरुलाई समातेर "क्षमता "देखाउन नसकेको साह,पौडेलहरुको आरोप छ । पहिले काठमाडौं महानगरमा कानुनी सल्लाहकार रहेका अर्याललाई उनै बालेनको सिफारिसमा मन्त्री बनाइएको चर्चा थियो।

सामाजिक सञ्जाल फेसबुकको मेन्स रुम (रिलोडेड) पेजमा गृहमन्त्री अर्यालको फोटो राखेर ‘कायर गृहमन्त्री,तुरुन्त राजिनामा दे’ लेखिएको छ । अगाडि लेखिएको छ, ‘तिम्लाई गृहमन्त्री बनाउनलाई ७५ जनाले बलिदान दिएको हैन । केपी ओलीको ढोंगले कुकुरहरुसँग डराउने गृहमन्त्री हाम्लाई चाहिएन ।’

सोही स्टाटसमा कमेन्ट गर्दै भिक्टर पौडेलले लेखेका छन्, ‘लेट्स मेक अ ट्रेण्ड गाइज’ ।

टिप्पणीहरू