निर्वाचनमा होमियो विप्लवको नयाँ दल
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय प्रणालीमा भाग लिन नयाँ दल दर्ता गरेको छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन बुझाएपछि प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आजको दिन नेपालको राजनीतिमा ऐतिहासिक भएको उल्लेख गरे ।
उनका अनुसार पार्टीले एक दशकभन्दा बढी समयदेखि देश र जनताको पक्षमा काम गर्दै आएको छ । निर्वाचन नै जनताको चाहना र अधिकारलाई अवरोधबिना फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक विधि भएको प्रकाण्डको भनाइ छ । उनले भने, ‘हाम्रा विगतका अनुभव र नयाँ नीति अनुसार अब हामी नयाँ ठाउँमा उभिएका छौं ।’
विप्लव नेतृत्वको नयाँ दलको नाम ‘कम्युनिष्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको छ ।
टिप्पणीहरू