दुर्गा प्रसाईंलाई आयोगले बोलायो
छठलगत्तै सरकारविरुद्ध सडकमा मान्छे उतारेर काठमाडौँ ठप्प पार्ने चेतावनी दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राष्ट्रिय मानवअधिकार आयोगमा छलफलमा बोलाएको छ ।
आयोगका अध्यक्षले विशेष वार्ताका लागि भोलि बिहान ११ बजेका लागि खबर गरेको प्रसाईंको तर्फबाट जानकारी गराइएको छ । सामाजिक सञ्जालमार्फत मिडियाकर्मीलाई पुल्चोकस्थित आयोगको कार्यालयमा भेला हुन आह्वान गरिएको छ ।
व्यवस्थाविरोधी प्रदर्शनको नाममा चैत १५ गते तीनकुनेमा बितण्डा मच्चाएका प्रसाईंका सार्वजनिक अभिव्यक्ति र गतिविधिलाई लिएर सुरक्षा निकाय अहिले झन गम्भीर देखिएको छ । यस सम्बन्धमा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरूले अस्ति दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बोलाएर छलफल गरेका थिए ।
यसै विषयलाई लिएर असोज ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा पनि गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूको छलफल भएको थियो । सोक्रममा पहिले प्रसाईंलाई बोलाएर सम्झाईबुझाइ गर्ने, अन्यथा कानुनअनुसार कारबाही गर्ने निष्कर्ष निकालिएको बताइन्छ ।
टिप्पणीहरू