माधव नेपाल बिना सुरक्षाकर्मी बैठकमा
नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक सुरु भएको छ। धुम्बाराहीस्थित मिराकल भेन्युमा भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू उपस्थित भएका छन् ।
अध्यक्ष नेपाल सुरक्षाकर्मी बिना बैठकस्थल पुगेका हुन् । सरकारले हिजोदेखि पूर्व प्रधानमन्त्री नेपालका सुरक्षाकर्मीहरू फिर्ता गराएको हो ।
भारतीय योग गुरु रामदेवको संस्था पतञ्जलिको जग्गा हिनामिना आरोप लागेपछि नेपालले ३५ लाख रुपैयाँ धरौटी तिरेका हुन् । सोही कारण उनलाई यसअघि दिइएको पूर्ववत सुरक्षाकर्मी दस्ता हटाइएको हो ।













टिप्पणीहरू