मानव अधिकार आयोगले बोलायो दुर्गा प्रसाईँलाई

मानव अधिकार आयोगले बोलायो दुर्गा प्रसाईँलाई

राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग छलफल गरेको छ । मंसिर ७ गतेदेखि सडकमा मान्छे उतारेर काठमाडौं ठप्प पार्ने चेतावनी दिएका प्रसाईसँग आयोगका अध्यक्ष तपबहादुर मगरले पुल्चोकस्थित कार्यालयमा आज छलफल गरेका हुन् । 

उनीसँग आन्दोलनको सन्दर्भमा कुराकानी भएको आयोगले जनाएको छ । व्यवस्थाविरोधी प्रदर्शनको नाममा गत चैत १५ गते तीनकुनेमा वितण्डा मच्चाएका प्रसाईँले छठलगत्तै आन्दोलन गर्ने चेतावनी दिएपछि काठमाडौं उपत्यकाका तीन वटै सिडियोहरुले केही दिनअघि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बोलाएर छलफल गरेका थिए । 

सोही विषयलाई लिएर असोज ८ गते प्रधानमन्त्री निवास वालुवाटारमा पनि गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरुले उनलाई बोलाएर सम्झाईबुझाई गरेका थिए ।

टिप्पणीहरू