नयाँ दिल्लीमा सम्झौता साटासाट

नयाँ दिल्लीमा सम्झौता साटासाट

भारतको राजधानी नयाँ दिल्लीमा ऊर्जामन्त्री कुलमान घिसिङ र भारतीय मन्त्री मनोहर लालको उपस्थितिमा अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता गरिएको छ । ऊर्जामन्त्री घिसिङ र भारतीय ऊर्जामन्त्री तथा आवास एवम् शहरी विकासमन्त्री मनोहर लालबीच नेपाल–भारत विद्युत् सहकार्यलाई थप गहिरो बनाउने उद्देश्यले रणनीतिक वार्ता गरेपछि उक्त सम्झौता भएको बताइन्छ ।

सम्झौता दुई नयाँ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि भएको हो । जसअनुसार इनरुवा–न्यू पूर्णिया र लम्की–बरेली प्रसारण लाइन मुख्य हुन् । सम्झौतामा नेपालतर्फबाट नेपाल विद्युत् प्राधिकरण र भारततर्फबाट पावरग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि दुबै पक्षले विद्युत् व्यापार, ऊर्जा आदान–प्रदान र प्रसारण पूर्वाधार विकासलाई सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । योसँगै नेपाल–भारत ऊर्जा सहकार्यको दायरा थप विस्तार हुने र क्षेत्रीय ऊर्जा सुरक्षामा योगदान पुग्ने अपेक्षा गरिएको बताइएको छ ।

टिप्पणीहरू