खेलकुद मन्त्रालयका सबै बैठक ‘लाइभ’  !

खेलकुद मन्त्रालयका सबै बैठक ‘लाइभ’  !

युवा तथा खेलकुद मन्त्रालयले मातहतका निकायलाई सबै बैठक लाइभ गर्न निर्देशन दिएको छ । कात्तिक ९ गतेको मन्त्रिस्तरीय निर्णयबमोजिम सबै बैठक प्रत्यक्ष प्रशारण गर्न भनिएको छ ।

हाल विद्यमान बजेट स्रोतबाटै लाइभ गर्ने व्यवस्थापन गर्न मन्त्रालयले आज राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्, युवा तथा साना व्यवसायी स्वःरोजगार कोष, नेपाल स्काउट, राष्ट्रिय एण्टिडोपिङ्ग एजेन्सी, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिलाई पत्र पठाएको छ । 

‘हाल विद्यमान बजेट स्रोतबाट व्यवस्थापन गर्नेगरी त्यहाँ निकायका सबै प्रकारका बैठकहरुको प्रत्यक्ष प्रशारण गर्नेगरी त्यहाँ निकायका सबै प्रकारका बैठकहरुको प्रत्यक्ष प्रशारण गर्ने भनि मिति २०८२–७–९ मा निर्णय (मा.मन्त्रीस्तर) भएको हुँदा सोही निर्णयानुसार गर्नु–गराउनुहुन अनुरोध छ’,पत्रमा उल्लेख छ । 

मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेकै दिन सबै बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।

टिप्पणीहरू