विप्लवका कार्यकर्ताद्वारा ज्यान मार्ने धम्की
नेपाल पत्रकार महासंघले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल प्रेस डटकमका पत्रकार केशव भुललाई समाचारको विषयमा सामाजिक सञ्जालमार्फत् त्रसित बनाउनुका साथै ज्यान मार्ने धम्की दिएपछि महासंघले आपत्ति जनाएको छ ।
उनले ‘विप्लवको राजनीतिक यात्राः क्रान्तिको भ्रममा जाल, विभाजनको दुश्चक्र र असफलताको विरासत’ शीर्षकमा समाचार लेखेका थिए । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताले उनलाई सामाजिक सञ्जालमार्फत त्रसित बनाउने र ज्यान मार्ने धम्की दिएको महासंघको भनाइ छ ।
महासंघले आज विज्ञप्ति जारी गर्दै प्रेस अधिकार कुण्ठित पार्ने उक्त घटनाको घोर भत्र्सना गरेको छ । ‘प्रेसको अधिकार कुण्ठित पार्ने यस घटनाको महासंघ निन्दा एवं भत्र्सना गर्दछ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र प्रेस तथा पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन महासंघसम्बद्ध निकायसँग माग गर्दछ’,विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू