काठमाडौं नगर प्रहरी प्रमुख फेरि निलम्बित
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेको रिट खारेज गरेपछि उनी पुनः निलम्बित अवस्थामा पुगेका छन् ।
न्यायाधीश डलकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेको रिट निवेदन खारेज गरेपछि अदालतले पहिले जारी गरेको अन्तरिम आदेश स्वतः निस्तेज भएको छ । यसले गर्दा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेको निलम्बन कार्यान्वयन गर्ने अवस्था बनेको छ ।
यसअघि पाण्डेले आफ्नो निलम्बनलाई गैरकानूनी ठहराउँदै उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। निवेदनमा अदालतले पहिले अन्तरिम आदेश जारी गरेपछि उनी काममा फर्किएका थिए । आजको आदेशपछि उनी पुनः लागू भएको छ ।
टिप्पणीहरू