बालुवाटार वार्तामा जेन-जीका १३, दलका १५
सरकार, राजनीतिक दल र जेन-जीबीच आज भएको त्रिपक्षीय वार्तामा समयमै निर्वाचन गराउनेबारे छलफल भएको छ ।
बालवाटारस्थित प्रधानमन्त्री निवासमा भएको वार्तामा उक्त छलफल भएको सूचना त्तहा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार जेन-जी प्रतिनिधिहरुले सुशासन र भ्रष्टाचार नियन्त्रणबारे आफ्नो माग पूरा हुनपर्ने धारणा पनि राखे ।
'अबको बाटो कसरी अघि बढ्ने, सबै सँगै मिलेर कसरी अघि बढ्ने, कसरी समझदारी गर्ने, कसरी मिलापको वातावरण निर्माण गर्ने भन्नेमा छलफल भएको छ', उनले भने ।
सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिबीच यो पहिलो औपचारिक वार्ता हो । जहाँ, दलका तर्फबाट १५ र जेन-जीका १३ जना सहभागी थिए ।
राजनीतिक दलका तर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेवे, वसन्त कुशवाहा र प्रकाशशरण महत सहभागी थिए ।
मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगरले जेन-जीको प्रतिनिधित्व गरे ।
त्रिपक्षीय वार्तामा प्रवेश नपाएको भन्दै जेन-जीका केही प्रतिनिधिले भने प्रधानमन्त्री निवास बाहिर होहल्ला गरेका थिए ।
टिप्पणीहरू