कांग्रेस महाधिवेशनबारे सानेपामा छलफल गरिँदै
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको स्थगित बैठक आज दिउँसो १ बजे डाकिएको छ । ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा राखिएको बैठकमा आगामी १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।
गत असोज २८ गतेदेखि सुरु भएको बैठक कात्तिक १ गतेपछि स्थगित गरिएको थियो । यसअघिका बैठकमा भदौ २३ को प्रदर्शन र २४ को विध्वंश, अन्तरिम सरकार र प्रतिनिधिसभा विघटन, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत विषयमा छलफल भएको थियो ।
पार्टीभित्र तत्काल महाधिवेशन गर्ने वा नगर्ने भन्ने पक्ष र विपक्षमा चर्को आवाज उठेको बेलामा सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारको नाममा सिंगापुुर पुगेका छन् । उपसभापति पूर्णबहादुर खड्कालाई असोज २८ गते नै कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि देउवा पार्टीको कामकारबाहीबाट अलग्गिएका हुन् ।
टिप्पणीहरू