श्रीमतीलाई ढक्की छोडेर रेशम चौधरीले रोजे जाँतो

श्रीमतीलाई ढक्की छोडेर रेशम चौधरीले रोजे जाँतो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

आज दलबलसहित आयोगको कार्यालय पुगेर उनले ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक दल दर्ताको लागि कागजातसहित निवेदन पेश गरेका हुन् । कविर सोपलाई अध्यक्ष र चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको छ । 

पत्नीसमेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसँगको लामो विवादपछि चौधरीले नयाँ दल खोल्ने निर्णय गरेका हुन् । डा. सिके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खानसहित तीन नेता पनि चौधरीको नयाँ पार्टीमा प्रवेश गरेका छन् । 

आयोगले अब निवेदनमाथि अध्ययन गरेर दल दर्ताको प्रमाणपत्र दिनेछ ।

टिप्पणीहरू