नेकपा एसका ३२ मध्ये २९ जना माओवादीसँग मिल्न तयार

नेकपा एसका ३२ मध्ये २९ जना माओवादीसँग मिल्न तयार

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने आवाज उठेको छ । 

बैठकको दोस्रो दिन आज बोल्ने अधिकांश सदस्य एकताको पक्षमा खुलेका छन् । सचिव मेटमणि चौधरीका अनुसार आज ३२ जना केन्द्रीय सदस्यले धारणा राखेकोमा २९ जना एकताको पक्षमा उभिए । 

'आज केन्द्रीय कमिटीका ३२ जना कमरेडहरूले पार्टी एकता गर्ने या नगर्ने ? बिषयमा धारण राख्नुभयाे', उनले भने, 'जसमा २ जना अनुपस्थित, १ जना कन्फ्युज र बाँकी २९ जनाले पार्टी एकता गरेर जानुपर्दछ भन्ने प्रष्ट धारण राख्नुभएकाे छ ।'

एकीकृत समाजवादीको नेतृत्व तहमै माओवादीसँगको पार्टी एकता गर्ने कि नगर्ने भन्नेबारे विवाद देखिँदै आएको छ । अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पदाधिकारी एकताको पक्षमा रहँदा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायत विपक्षमा छन् । 

जारी केन्द्रीय कमिटी बैठकमा पनि यसैलाई लिएर सदस्यहरू विभाजित भएका हुन् ।

टिप्पणीहरू