सानेपा जानुअघि गगनहरू विशालनगरमा
पार्टी पुर्नगठनको बहसमा रहेको नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष भन्नेमा शीर्ष नेताहरू विभाजित भएका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का नियमित महाधिवेशन गराउने तयारीमा रहँदा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाविधेशनको पक्षमा खुलेका छन् । यसैमा अहिले नेताहरू आन्तरिक रणनीति बनाउन जुटेका छन्।
यसैबीच महामन्त्रीद्वय थापा र शर्मा नेता शेखर कोइरालालाई भेट्न विशालनगरस्थित उनकै कार्यालयमा पुगेका छन् । केन्द्रीय समिति बैठक शुरु हुनुअघि नै उनीहरुले कोइरालासँग भेटेर महाधिवेशनको विषयमा समान धारणा बनाउने प्रयास गरेका हुन् ।
हिजोको बैठकमा महामन्त्री थापा उपस्थित नदेखिएपछि धेरै केन्द्रीय सदस्यहरुले सोधिखोजी गरेका थिए । उनको अगुवाइमा विशेष महाधिवेशनको मागसहित ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षर संकलन गरेर बुझाएपछि कार्यवाहक सभापति खड्कासहितका केही पदाधिकारीले नियमित महाधिवेशन नै गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
उक्त पृष्ठभूमिमा हिजोकोे बैठकलाई अर्थपूर्ण मानिए पनि महामन्त्री थापा उपस्थित भएनन् । अर्का महामन्त्री शर्मा भने सहभागी रहे ।
हिजाे केन्द्रीय समिति बैठकमा नदेखिएका थापा आज कोइराला भेट्न पुग्नुलाई कतिपयले विशेष महाधिवेशनकै एक रणनीतिको रुपमा हेरेका छन् ।
टिप्पणीहरू