वैज्ञानिक समाजवादीमा नेतृत्व पुनर्गठनको माग

वैज्ञानिक समाजवादीमा नेतृत्व पुनर्गठनको माग

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलगायत ठूला दलहरूमा नेतृत्व पुनर्गठनको बहस चलिरहँदा साना वामपन्थी पार्टीहरूमा पनि ध्रुवीकरण सुरु भएको छ।

जेनजी आन्दोलनपछि अन्य दलमा जस्तै विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा पनि पुस्तान्तरणको माग उठेको हो । सो पार्टीका पार्टीका जेनजी युवाहरूले नयाँ ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शंखारापुर नगरपालिका–४, लप्सेफेदीस्थित पनोरमा भिलेज रिसोर्टमा आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा यसबारे छलफल भएको बताइएको छ ।

जेनजीहरूले नेतृत्व परिवर्तनसहित समग्र पुनर्गठनमा जाेड दिएकाे बुझिएको छ । आजको बैठकमा जेनजीको पनि प्रतिनिधित्व गराइएको थियो। 

(यसअघि समाचारमा केही विवरण अन्यथा हुन गएकाले सच्याइएको छ - सम्पादक )

टिप्पणीहरू