एकताको निर्णय सुनाउँदै माधव, झलनाथ बोलेनन्

एकताको निर्णय सुनाउँदै माधव, झलनाथ बोलेनन्

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने निर्णय गर्ने भएको छ । 

अध्यक्ष माधवकुमार नेपालले पेश गरेको पार्टी एकतासम्बन्धी प्रस्ताव बहुमतले पारित गराउने तयारी छ । केन्द्रीय कमिटीमा अध्यक्ष नेपालसहित बहुमत सदस्य एकताको पक्ष रहँदा सम्मानित नेता झलनाथ खनालसहितका केही भने विपक्षमा उभिएका छन् । 

माओवादीसँग एकता गर्ने निर्णय बहुमतले पारित गर्ने देखिएपछि सम्मानित नेता खनाल समापन सत्रमा केही बोलेनन् । दोस्रो वरियताका नेता उनी बैठकमा चुपचाप बसेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

उनका अनुसार अहिले वरिष्ठ नेता वामदेव गौतमले आफ्नो धारणा राखिरहेका छन् । गौतमपछि अध्यक्ष नेपालले माओवादीसँग एकता गर्ने निर्णय सुनाउँदै बैठक समापन गर्ने तयारी छ ।
 

टिप्पणीहरू