सुदन र जेन जीसँग मन्त्रीहरुको छुट्टाछुट्टै भेट
सुदन गुरुङ र जेन जी युनाइटेडका प्रतिनिधिहरूसँग पछिल्ला दिनमा अर्थ, गृह र सञ्चार मन्त्रीले छुट्टाछुट्टै भेट गरेका छन् ।
हामी नेपालका सुदन गुरुङले बुधबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेको बताइन्छ । अस्ति साँझ ५ बजेदेखि आधा घण्टासम्म सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री जगदीश खरेल र जेन्जी युनाइटेडका प्रतिनिधिहरूबीच भेटवार्ता भएको थियो । उक्त भेटमा अजय राई, अन्जु राई, प्रकृति श्रेष्ठ, लिसा मगर, वरुण यादव, दिया बोहरा, उर्मिला वाइबा, ज्योति राई, रञ्जु राईलगायत थिए ।
हिजो मध्यान्ह १२ बजेदेखि साढे १२ बजेसम्म गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्याल र जेन्जी टोलीबीच छलफल भएको बताइन्छ । उक्त भेटमा पनि अन्जु राई, सनम राई, सदिक्षा राई, प्रकृति श्रेष्ठ, दिया बोहरा, अजय राईलगायत पुगेका थिए ।
टिप्पणीहरू