एमालेको देशव्यापी प्रदर्शन र जनसभा, एकैदिन प्रतिनिधि छनौट

एमालेको देशव्यापी प्रदर्शन र जनसभा, एकैदिन प्रतिनिधि छनौट

एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने भएको छ । जनताको अधिकार र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि महाधिवेशनअघि प्रदर्शन र जनसभाको मिति तोकिएको छ ।

महासचिव शंकर पोखरेलका अनुसार कात्तिक २२ गते वडास्तरीय जनभेला, २५ गते पालिकास्तरीय जनप्रदर्शन, २९ गते जिल्लास्तरीय जनसभा र मंसिर ६ गते उपत्यकामा जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।

सचिवालय बैठकको निर्णयानुसार महाधिवेशनका लागि मंसिर १३ गते एकैदिन सबै क्षेत्रका प्रतिनिधि छनौट गरिने छ । महाधिवशेनस्थल पोखराको सट्टा काठमाडौंमा गरिने जानकारी दिइएको छ । कम्तीमा १२ सय पार्टी सदस्य बराबर एक जना महाधिवेशन प्रतिनिधि हुने बताइएको छ।

टिप्पणीहरू