यसरी चुनिँदैछन् एमालेका २१ सय महाधिवेशन प्रतिनिधि

यसरी चुनिँदैछन् एमालेका २१ सय महाधिवेशन प्रतिनिधि

नेकपा एमालेको आगामी महाधिवेशनमा करिब २१ सय प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टीले प्रतिनिधि छनोटका लागि नयाँ संरचना र मापदण्ड तय गरेको जानकारी दिइएको छ।

आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा प्रत्येक १२ सय सदस्यमा दुई जना खुला र एक जना महिला प्रतिनिधि रहनेछन्। त्यसपछि ४० वर्ष उमेर मुनिका एक जना युवा प्रतिनिधि र प्रत्येक आठ सय सदस्यमा थप एक जना महिला प्रतिनिधि चयन गरिनेछ। प्रतिनिधि चयनको क्रममा दोस्रो र तेस्रो खुला र चौथो महिला रहने व्यवस्था गरिएको छ।

दलित कोटामा हरेक पाँच सय सदस्यका लागि एक जना प्रतिनिधि रहनेछन्। त्यस्तै, ट्रेड युनियनबाट प्रदेशगत २ः५ अनुपातमा ७ जना, जनसङ्गठनबाट ५ जना, महासङ्घीय संगठनबाट ७ जना, र प्रवासी कमिटीबाट महादेशगत ५ जना (३ः२ अनुपातमा) प्रतिनिधित्व हुने व्यवस्था छ। प्रदेश कमिटीमा ३ः२ अनुपातमा प्रतिनिधि रहनेछन्।

विभिन्न विभाग र कार्यालयहरूबाट पनि एक–एक जना प्रतिनिधि रहनेछन्। पदेन सदस्यका रूपमा केन्द्रीय आयोग र समितिबाट ४६४ जना रहने जनाइएको छ।

तीमध्ये केन्द्रीय निर्वाचन आयोगबाट ३५४, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार समितिबाट २५ जना पदेन सदस्य रहने व्यवस्था छ ।

पार्टीका ६ लाख ६७ हजार ६३० सदस्यमध्येबाट आगामी महाधिवेशनका लागि प्रतिनिधिको अनुमानित संख्या करिब एक हजार ८५६ हुनेछ। मनोनयनका लागि थप ५ प्रतिशत प्रतिनिधि मिलाएर करिब २,१०० जना सहभागी हुने पार्टीको अनुमान छ ।

टिप्पणीहरू