मेयर फेसबुकमा, मन्त्री बञ्चरे डाँडामा
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनस्थल बञ्चरे डाँडा पुगेका छन् । यसअघि काठमाडौं महानगगरको अग्रसरतामा उक्त क्षेत्रको विकासका लागि भएको सहमति कार्यान्वयन नभएको जनाउँदै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेशी नगरपालिकाले फोहोर व्यवस्थापनमा रोक लगाएका छन् ।
गत बुधबारदेखि फोहोर नउठेपछि राजधानी दुर्गन्धित हुन थालेको छ । फोहोर व्यवस्थापनमा देखिएका समस्याको समाधानका लागि मन्त्री घिसिङले बञ्चरेडाँडा डम्पिङ साइटको स्थलगत अवलोकन निरीक्षण गरेको बताइएको छ ।
यता काठमाडौं महानगरका मेयर बालेन्द्र साह मध्यरातमा लेखिएको अश्लिल र अमर्यादित फेसबुक स्टाटसको कारण चर्को विवादमा तानिएका छन् । उनले छिमेकी मित्रराष्ट्रहरुसँगै ठूला राजनीतिक दलप्रति अंग्रेजीमा अश्लिल शब्दले गाली गरेका हुन् । सबैतिरबाट विरोध भएपछि उनले राति नै स्टाटस डिलिट गरेका छन् ।
अस्ति बालुुवाटारमा भएको पत्रकारहरुसँगको भेटघाटमा प्रधानमन्त्री सुशीला कार्कीले बालेन्द्रलाई आफूले ‘छोरा’ सम्बोधन गर्ने जानकारी दिनुभएको थियो । मेयर साहले भने प्रधानमन्त्री कार्कीलाई दिदी सम्बोधन गर्ने गरेको पनि उहाँको भनाई थियो । प्रधानमन्त्रीले बालेनबारे भन्नुभयो, ‘आफ्नो कुरो गर्ने, अरुको नसुन्ने अलि जिद्दी खालका छन् ।’
टिप्पणीहरू