सर्को ताने पनि सामाजिक सञ्जालमा नलेख्न मन्त्रीको सुझाव

सर्को ताने पनि सामाजिक सञ्जालमा नलेख्न मन्त्रीको सुझाव

शिक्षामन्त्री महावीर पुनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहलाई ‘सर्को तानेको बेला’ मा सामाजिक सञ्जालमा केही नलेख्न र नबोल्न सुझाव दिएका छन्।

गएको मध्यरात साहले फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेखेपछि डिलिट गरेका थिए। रातिदेखि नै साहको चर्को आलोचना भएपछि पछिल्लो अवस्थामा शिक्षामन्त्री पुनले बालेनलाई त्यस्तो सल्लाह दिएका हुन्।

शिक्षामन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘केही–केही आशा लाग्दा अभियन्ता र अगुवाहरुले बेलाबेलामा सर्को तानेर बोलेको वा लेखेको जस्तो लाग्छ। तर सर्को तानेको बेला केही पनि नबोल्न र नलेख्न अनुरोध छ।’

टिप्पणीहरू