कांग्रेस मुख्यालयमा कार्यकर्ताकाे नाराबाजी

कांग्रेस मुख्यालयमा कार्यकर्ताकाे नाराबाजी

नेपाली कांग्रेसका कार्यकर्ताले सानेपास्थित पार्टी मुख्यालयमा नाराबाजी गरेका छन् । ‘कांग्रेस सुधार अभियान’ चलाइरहेका ४० वर्षमुनिका युवाहरुले आज कार्यालयको गेटमा नेतृत्वविरुद्ध नारा लगाएका हुन् । 

त्यसक्रममा युवाहरूले ‘नियमित महाधिवेशन गर्न नसके वर्तमान केन्द्रीय समिति विघटन गरियोस्’, ‘कांग्रेसलाई बन्धन बनाउन पाइँदैन’, ‘पदाधिकारी र केन्द्रीय सदस्यहरु होसियार’, ‘युवा प्रतिनिधित्व सुनिश्चित गर’ जस्ता नारा लगाए । 

शीर्ष नेताका कारण महाधिवेशनमा ढिलाइ भइरहेको र युवा सहभागिताको सुनिश्चितता समेत अन्यौलमा परेको उनीहरूको आरोप छ ।

आजको लागि बोलाइएको केन्द्रीय समिति बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार बस्दैनबसी सारिएको बैठक आज पनि शुरु नहुँदै स्थगित भएको हाे । 

काँग्रेसमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमा जाने ? भन्नेमा संस्थापन र इतर खेमाबीच विवाद रहँदै आएको छ । यसबारे सहमति नजुटेका कारण बैठक प्रभावित भएको हो ।
 

टिप्पणीहरू