अरूका जेन जी, ओलीको भोलिन्टियर फोर्स

अरूका जेन जी, ओलीको भोलिन्टियर फोर्स

नेकपा एमालेले 'युथ भोलेन्टियर फोर्स' गठन गरेको छ । जनसंगठन समन्वय संयन्त्रले आज भक्तपुरको गुन्डुमा युवाहरूलाई भेला गरेर उक्त संगठन घोषणा गरेको हो । 

ओली र उनकी पत्नि राधिका शाक्यलाई मञ्चको बीचमा राखेर गरिएको घोषणा सभामा नेता-कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । नेता महेस बस्नेतले राष्ट्रियता, समृद्धि, प्राकृतिक विपत्ति तथा जनसेवामा युथ भोलन्टियर समर्पित हुने दाबी गरेका छन् । ।

अहिलेको आवश्यकताअनुसार फोर्स गठन गरेको जानकारी दिँदै उनले विधान र आचारसंहितासमेत बनाइएको बताए । जेन-जी प्रदर्शनपछि बसेको एमालेको पहिलो सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले टोल-टोलमा युवा दस्ता खडा गर्न प्रस्ताव गरेका थिए । 

पार्टी र नेतृत्वको रक्षाका लागि यस्तो दस्ता चाहिने अध्यक्षको प्रस्तावअनुसार जनसंगठन समन्वय संयन्त्र त्यसको तयारीमा लागेको थियो । सडकको बलमा सत्ताच्युत भएका ओली युवा संघका कार्यकर्ताले सुरक्षामा बस्दै आएका छन् । अब युथ भोलेन्टियरले व्यवस्थितरूपमा उनको सुरक्षा गर्नेछ । 

जेन-जी प्रदर्शनपछि प्रमुख राजनीतिक पार्टीहरूमा नेतृत्व पुस्तान्तरण र युवा प्रतिनिधित्व सुनिश्चित गर्न माग भैरहेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायत कतिपय पार्टीमा जेन-जी उमेर समूहका युवाहरू औपचारिकरूपमै संगठित भएका छन् ।  

माओवादी केन्द्रका युवाहरूले 'जेन-जी रेड फोर्स' को नाममा सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन्

टिप्पणीहरू