पार्टी एकताबारे कुरा गर्न माधव नेपाल पेरिसडाँडामा

पार्टी एकताबारे कुरा गर्न माधव नेपाल पेरिसडाँडामा

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल माओवादी मुख्यालय पेरिसडाँडा पुगेका छन् ।

पार्टी एकताबारे माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी आज अपराह्न त्यहाँ गएका हुन् । छलफलमा प्रचण्ड र नेपालसँगै दुवै दलका तर्फबाट गठित पार्टी एकता कार्यदलका सदस्यहरू पनि सहभागी रहेको बताइएको छ । 

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न वामपन्थी घटकहरूले यही कात्तिक २० गते एकता गर्दैछन् । एकीकृत पार्टीको नाम नेकपा समाजवादी र चुनाव चिन्ह 'तारा' राख्ने सहमति भइसकेको छ । 

आजको छलफलबाट पार्टीको सांगठनिक संरचना र नेताहरूको जिम्मेवारी टुंगो लाग्ने बताइएको छ ।

टिप्पणीहरू