शहरी विकास मन्त्रालय पुगे जेनजी  टोली

शहरी विकास मन्त्रालय पुगे जेनजी  टोली

‘जेनजी युनाईटेड’ नामक युवाहरुको समूहले शहरी विकास मन्त्री कुलमान घिसिङलाई भेटेको छ । हिजो साँझ सिंहदरबारस्थित शहरी विकास मन्त्रालय पुगेर उनीहरुले मन्त्री घिसिङलाई भेटेका हुन् । 

सिंहदरबार पुग्ने टोलीमा संगीता अम्बुले, निसा बुढामगर, उर्मिला वाईबा, संजीव गुरुङसहित एक दर्जन बढी युवा थिए । उनीहरुले साँझ सँवा ७ बजेदेखि साढे ७ बजेसम्म मन्त्री घिसिङसँग छलफल गरेको बुझिएको छ ।

टिप्पणीहरू