सडकमा उत्रियो नेकपा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वपक्षीय सरकारको माग गर्दै कञ्चनपुर र सुर्खेतसहितका जिल्लामा प्रदर्शन गरेको छ । सुशीला कार्की नेतृत्वको सरकारले मुलुकलाई कुनै पनि हालतमा निकास दिन नसक्ने र सर्वपक्षीय सरकार गठन गर्नुपर्ने निष्कर्षसहित नेता तथा कार्यकर्ताले आज महेन्द्रनगर, विरेन्द्रनगर लगायतका ठाउँमा जुलुस निकालेका हुन् ।
गत साता कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समितिको बैठकले भदौ २३ गतेको जेनजी प्रदर्शन विदेशी दलालहरुले हाइज्याक गरेर आफ्नो अनुकूलको सरकार बनाएको निष्कर्ष निकालेको थियो । सोही अनुसार महासचिव विप्लवले आआफ्नो ठाउँबाट सरकारलाई खबरदारी गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
नेकपाले राजधानीमा पनि प्रदर्शन गर्ने तयारी गरिरहेको बुझिएको छ ।
टिप्पणीहरू