हामी गुल्टिँदै,अरु सबै उक्सिँदै

हामी गुल्टिँदै,अरु सबै उक्सिँदै

नेपाली रुपैयाँको भाउ अन्य मुलुकका मुद्राको तुलनामा कमजोर हुँदै गएको छ । छिमेकी चीनको आरएमबी अर्थात् चिनियाँ युआनसहित अमेरिकी डलरको मूल्य निरन्तर उकालो लागिरहेको छ । 

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार पछिल्लो छ महिनामा अमेरिकी डलर सात अंक र चिनियाँ युआन दुई अंकले बढेको छ । गत वैशाखमा एक अमेरिकी डलर बराबर नेपाली १३६ रुपैयाँ र एक चिनियाँ युआन बराबर १८ रुपैयाँ ८३ पैसा थियो । आजको विनिमय दरअनुसार एक अमेरिकी डलर बराबर १४२ रुपैयाँ ३३ पैसा र एक चिनियाँ युआनको भाउ २० रुपैयाँ पुगेको छ ।

यसबाट पनि हामी आर्थिक रूपमा कति कमजोर छौँ भन्ने छनक पाउँछौं । डलर र युआन बलियो हुँदा हाम्रो आयात–निर्यात व्यापार,मुद्रा स्फिती र महँगीमा प्रत्यक्ष असर पर्छ । विश्वव्यापीकरण,आर्थिक उदारीकरण र परनिर्भरताजस्ता कारणले हाम्रो तुलनामा विदेशी मुद्राको भाउ निरन्तर उकालो लागेको हो ।

भदौ २४ गतेको जेन जी विध्वंशपछि मुलुकको अर्थतन्त्र थप शिथिल बनेको छ । अधिकांश कलकारखाना बन्द भएका छन् । ठूला व्यवसायिक केन्द्र जलाइएका कारण सरकारको आम्दानीसमेत खुम्चिएको छ । अर्बौंका सवारी साधन, खर्बौंका भवन जलाइएकाले हाम्रो अर्थतन्त्र ती साधन किन्न र भवन पुनर्निर्माण गर्नसक्ने अवस्थामा छैन । कर्मचारीको तलब खुवाउन आन्तरिक ऋण लिनुपरेको अवस्था छ । वाह्य ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि स्वयम् नयाँ ऋणको लागि पहल गर्नुपर्ने भएको छ ।

टिप्पणीहरू