दुर्गा प्रसाईं छोरो लिएर नयाँ दिल्लीतिर

दुर्गा प्रसाईं छोरो लिएर नयाँ दिल्लीतिर

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिजाे नयाँ दिल्ली पुगेका छन् । ‘नागरिक बचाऊ महाअभियान’ का संयोजक उनी छोरा निराजन र सहयोगी दीपक खड्कासहित नेपाल वायुसेवा निगमको उडान नम्बर आर ए २१७ मा दिउँसो पौने २ बजे काठमाडौंबाट नयाँ दिल्ली गएका हुन् ।

आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनीपछि भएको उनको नयाँ दिल्ली यात्रालाई शंकाको नजरबाट हेरिएको छ । यता,नेपाली सेनासहित चार वटै सुरक्षा निकायको हिजो सम्पन्न संयुक्त बैठकले वर्तमान समयमा दुर्गा प्रसाईंको आगामी आन्दोलन,भदौ २४ गते लुटिएको प्रहरीको सयौं हतियार र लाखौं गोली तथा कारागारबाट भागेका झण्डै सात हजार कैदीबन्दीलाई सबैभन्दा ठूलो चुनावी सुरक्षा चुनौतीको रुपमा लिएको बुझिएको छ ।

टिप्पणीहरू