शिक्षामन्त्रीको ठोकुवा : बुढो पुस्ताबाट देश विकास हुँदैन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । ७० वर्षीय पुनले जीवनमा पहिलोपल्ट भोट हाल्न लागेको बताएका छन् ।
पुनले आज बिहान नयाँ बानेश्वर पुगेर नाम दर्ता गराएको जानकारी दिँदै जेनजी युवाहरुलाई पनि चाँडो आफ्नो नाम दर्ता गराउन आग्रह गरेका छन् । ‘आम चुनावमा भोट दिनको लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो’, उनले भनेका छन्, ‘१८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पुर्ण भाइबहिनीहरुलाई अल्छी नगरी फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु।’
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले बुढो पुस्ताबाट देश विकास हुन नसक्ने ठोकुवा गर्दै आगामी सरकारलाई जेनजी पुस्ताले नेतृत्व गनुपर्ने पनि बताएका छन् । उनको अनुभव छ, ‘भगवान कसम, बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन, यो कुरा समयान्तरमा ध्रुवसत्य सबित भैसक्यो।’
टिप्पणीहरू