यस्ताे छ गगनकाे महाधिवेशन तालिका
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी पुस दोस्रो हप्ताको आसपासमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा उनले महाधिवेशनको लागि पुस १६ र १७ गतेको कार्यतालिका पेश गरेका हुन् ।
महामन्त्री थापाले पार्टी पुर्नगठनबिना आगामी निर्वाचनमा सहभागी हुन नसकिने भन्दै त्यसअघि जसरी पनि महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको बताएका छन् । उनले पेश गरेको कार्यतालिका पारित भइसकेको भने छैन ।
अहिले संस्थापन पक्षधर नेताहरुले आफ्नो धारणा राखिरहेका छन् । महामन्त्री थापाले पेश गरेको कार्यतालिकाभन्दा छुट्टै कार्यतालिका पेश गर्ने उनीहरुको पनि तयारी रहेको बताइन्छ । महाधिवेशनको मिति तोक्ने विषयमा सहमति नजुट्दा असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकको आज छैठौ दिन हो । यसबीचमा विभिन्न कारण देखाउँदै बैठक स्थगित गरिएको थियो ।
टिप्पणीहरू