‘प्रगतिशील अभियान, नेपाल’को घोषणापछि जनार्दनको औपचारिक वहिर्गमन

‘प्रगतिशील अभियान, नेपाल’को घोषणापछि जनार्दनको औपचारिक वहिर्गमन

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टीबाट औपचारिक रूपमा अलग हुँदै नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्। उनले ‘प्रगतिशील अभियान, नेपाल’ नामक नयाँ राजनीतिक अभियान सार्वजनिक गरेपछि माओवादी केन्द्रसँगको उनको सम्बन्ध समाप्त भएको छ ।

ललितपुरको बखुण्डोलमा आयोजित विशेष पत्रकार सम्मेलनमा शर्माले भने, “जेनजी आन्दोलनले उठाएका माग र भावनाविपरीत भएकाले हामी एकता प्रक्रियामा सहभागी हुन सकेनौं। हाम्रो कमजोरी स्वीकार गर्दै नयाँ अभियानका साथ अघि बढ्छौं।”

उनले माओवादीले थालेको एकता प्रक्रियालाई “घृणित एकता” को संज्ञा दिएका छन् । उनको अभियान वाम र प्रगतिशील शक्तिहरूमा केन्द्रित हुने बताइएको छ ।

टिप्पणीहरू