नौ समूहको एकतापछि ‘नेपाली कम्युनिष्ट पार्टी’
विभिन्न नौ शक्ति मिलेर बन्न लागेको पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज प्राज्ञ भवनमा महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै एकतापछि बन्ने पार्टीको नामबारे जानकारी गराएका हुन् ।
गत आइतबार माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीसहित ८ शक्तिले एकताको लागि १८ बुँदे सहमति गरेका थिए । भने, गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा हिजो माओवादीमा समाहित भएको थियो । सहमति पत्रमा चुनाव चिन्ह (पाँचकुने तारा)बारे जानकारी गराइए पनि पार्टीको नाम भने उल्लेख थिएन । तर सबै समूहको छलफलपछि नेपाली कम्युनिष्ट पार्टी नाम राख्ने निर्णय भएको प्रचण्डले बताए ।
भोलि बिहान ११ बजे भृकृटीमण्डमा वृहत सभा आयोजना गरेर औपचारिक रुपमा एकता घोषणा गरिदैँछ ।
टिप्पणीहरू