‘पाँचकुने तारा’ मा उपेन्द्रको दावी
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले आफ्नो पार्टीको झण्डामा भएको पाँचकुने तारा चुनाव चिन्हको रुपमा प्रयोग नगर्न सचेत गराएको छ ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न नौं वाम घटक मिलेर बन्न लागेको ‘नेपाली कम्युनिष्ट पार्टी’ को चुनाव चिन्ह पाँचकुने तारा घोषणा गरिएपछि जसपा नेपालले प्रतिक्रिया जनाएको हो । आज विज्ञप्ति जारी गर्दै उसले आफ्नो झण्डामा भएको पाँचकुने तारा प्रयोग नगर्ने भनेको छ ।
‘जनता समाजवादी पार्टी, नेपालको झण्डामा प्रयोग गरी आएको उक्त पाँचकुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रुपमा प्रयोग नगर्न हुन आग्रह गर्दछौं’,विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, पार्टीले यस सम्बन्धमा निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको छ ।
टिप्पणीहरू