मेडिकल काउन्सिलमा चुनावको तयारी
नेपाल मेडिकल काउन्सिलले पदाधिकारी नियुक्तिका लागि निर्वाचन प्रक्रिया अघि बढाएको छ ।
काउन्सिलमा रिक्त हुन लागेको उपाध्यक्षसहित आठ सदस्य पदका लागि चुनाव हुन लागेको हो । त्यसका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
तालिकाअनुसार कात्तिक २५ गते प्रथम मतदाता नामावली प्रकाशन गरिने छ भने भोलिपल्ट त्यसउपर दाबी–विरोध, कात्तिक २७ गते सुनुवाई र अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
त्यस्तै, कात्तिक २८ र ३० गते उम्मेदवारीको मनोनयन पत्र दाखिला, मंसिर १ गते मनोनयन पत्र जाँच्ने तथा उम्मेदवारीको प्रथम नामावली प्रकाशन, २ गते नामावलीउपर दाबी–विरोध, ३ गते त्यसबारे सुनुवाई र नामावली प्रकाशन, ४ गते उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।
काउन्सिलका अनुसार चुनाव पुसमा हुने छ । पुुस ४ र ५ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म काठमाडौं उपत्यकाबाहिर र पुस ११ र १२ गते उपत्यकाभित्र मतदानको तालिका रहेको छ ।
उपाध्यक्ष पदका लागि उम्मेदवारको न्यूनतम योग्यता दर्तावाला चिकित्सक भई कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको र सदस्यका निम्ति कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्ने छ । निर्वाचनसम्बन्धी विस्तृत जानकारी काउन्सिलको वेबसाइटमा राखिएको छ ।
टिप्पणीहरू