माओवादीसहितको एकता सभामा पुगे झलनाथ
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम घटकको एकतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि मिसिएका छन् ।
यसअघि एकताप्रति असन्तुष्टि जनाउँदै छुट्टै समूह बनाएका उनी आज एकता घोषणा कार्यक्रममा सहभागी भएका हुन् । भृकुटीमण्डपमा चलिरहेको ‘नेपाली कम्युनिष्ट पार्टी’ घोषणा सभामा प्रचण्ड र माधव नेपालसँगै खनाल मञ्चमा छन् ।
एकीकृत समाजवादीका बहुमत नेता एकता प्रक्रियामा सहभागी हुँदा विपक्षमा उभिएका उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए । भेटपछि एमालेमा फर्किने सम्भावना नरहेको प्रतिक्रिया दिएका थिए ।
आज बिहान प्रचण्डसँग छलफल गर्न निवासमै पुगेका उनी अन्तत: एकतामा सामेल भएका हुन् ।
टिप्पणीहरू