रवि र छविको मुद्दामा सुनुवाइ हुँदै

रवि र छविको मुद्दामा सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । 

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासमा सुनुवाइ हुन लागेको हो । 

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको धरौटी बुझाएर रिहा हुनुपर्ने मागसहित रुपन्देही जिल्ला अदालतमा निवेदन दिएकोमा गत साउन २६ गते न्यायाधीश नारायण सापकोटाको इजलासले अस्वीकार गरेको थियो । 

त्यसपछि उनी सोही निवेदन लिएर उच्च अदालत पुगेका थिए । लामिछाने अहिले नख्खु जेलमा छन् भने जोशीलाई रुपन्देही कारागारमा राखिएको छ ।

टिप्पणीहरू