राहदानी विभागमा छापा मार्न परराष्ट्रको पत्र

राहदानी विभागमा छापा मार्न परराष्ट्रको पत्र

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा आर्थिक लेनदेनको गुनासोपछि परराष्ट्र मन्त्रालयले निगरानी राख्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । मन्त्रालयले गृहलाई पत्र पठाउँदै प्रहरीलगायत सम्बन्धित निकायबाट गोप्य रुपमा विभाग परिसरको निगरानी गराउन र छापा मार्न अनुरोध गरेको हो । 

पत्रमा भनिएको छ, ‘नेपाल प्रहरीलगायत सम्बन्धित निकायबाट गोप्य रुपमा विभाग परिसरको निगरानी गराउनुका साथै आवश्यकताअनुसार छापासमेत मारी यस प्रकारका अनुचित कार्यलाई निरुत्साहित गर्दै राहदानी वितरणसम्बन्धी सेवा प्रवाहलाई थप सरल,सहज र विश्वसनीय बनाउने कार्यमा आवश्यक सहयोग पुर्याउने व्यवस्थाका लागि निर्णयानुसार अनुरोध छ ।’

पछिल्लो समय राहदानी विभागमा सेवा लिन पुग्ने सेवाग्राहीलाई बिचौलियाहरुले आफूहरुको भित्री कर्मचारीसँग जानपहिचान रहेकोले छिटोछरितो रुपमा राहदानी बनाइदिने भन्ने र त्यसका लागि आर्थिक लेनदेनसमेत हुने गरेको गुनासो मन्त्रालय पुगेपछि यस्तो पत्र पठाइएको हो ।

टिप्पणीहरू