विश्व वातावरण सुविधाका लागि परियोजना आह्वान
अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकम उपयोगका निम्ति परियोजना प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै इच्छुक संघसंस्था तथा निकायलाई प्रस्ताव पेश गर्न भनेको हो ।
विश्व वातावरण सुविधाको ग्लोबल बायोडाइभरसिटी फ्रेमवर्क फण्डबाट नेपाललाई बाँडफाँट भएको रकममध्ये १० लाख ८९ हजार ५५५ अमेरिकी डलर उपयोग गर्नेगरी उपयुक्त प्रस्ताव मागिएको छ ।
‘विश्व वातावरण सुविधामा परियोजना प्रस्ताव पेश गर्ने प्रयोजनको लागि कोषले तोकेको विषयवस्तुको अधिनमा रही राष्ट्रिय बजेट प्रणालीबाट रकम प्रवाह हुने गरी उपयुक्त परियोजना प्रस्ताव तयार गरी पेश गर्न सबै निकायलाई खुला गरिएकोले नोभेम्बर ३०, २०२५ सम्ममा यस मन्त्रालयमा परियोजना प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।
मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखामा प्रस्ताव पेश गर्न सकिने छ । यससम्बन्धी विस्तृत जानकारी विश्व वातावरण सुविधाको वेबसाइटबाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू