श्रम स्वीकृति अब नियमित अनलाइन सेवाबाटै

श्रम स्वीकृति अब नियमित अनलाइन सेवाबाटै

नियमित अनलाइन सेवाबाटै श्रम स्वीकृति प्रदान गरिने भएको छ । 

श्रम विभागले यसअघि चाडपर्वलगायत विविध कारणले श्रम स्वीकृतिको निस्सा नलिँदै उडान टिकट काटिसकेका सेवाग्राहीलाई मध्यनजर गर्दै आकस्मिक सेवाबाट श्रम स्वीकृति दिँदै आएको थियो । भोलिदेखि भने नियमित अनलाइन सेवाबाट श्रम स्वीकृति दिने विभागले जानकारी गराएको हो । 
 
‘आकस्मिक सेवाबाट श्रम स्वीकृति दिने कार्य मिति २०८२–०७–२२ गतेदेखि बन्द गरी नियमित अनलाइन सेवाबाट मात्र वैदेशिक श्रम स्वीकृति प्रदान गरिने भएकोले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिने सम्पूर्ण व्यक्तिहरुले श्रम स्वीकृति भइसकेपछि मात्र उडान टिकटको व्यवस्था गर्नुहुन....,’ विभागको अनुरोध छ ।  

विभागले श्रम स्वीकृतिका निम्ति विशेष परिस्थितिबाहेक विभागमा उपस्थित नहुन पनि सेवाग्राहीलाई आग्रह गरेको छ ।

टिप्पणीहरू