सिमानामा अपराध रोकथामबारे सल्लाह
नेपाली र चिनियाँ सुरक्षा अधिकारीहरुबीच सीमा अपराधबारे छलफल भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी,जिल्लाका सुरक्षा प्रमुखहरुसँग चिनियाँ अध्यागमन प्रहरी र सार्वजनिक सुरक्षा व्युरोका अधिकारीहरुले सीमा चिन्हको अनुगमन तथा रेखदेख र सीमा अपराधसम्बन्धी विचार विमर्श भएको बुझिएको छ।
सशस्त्र प्रहरी बल,नम्बर ४ अरुण गुल्म संखुवासभाको आयोजनामा बिओपी किमाथांकामा भएको उक्त छलफलपछि नेपाली अधिकारीहरुले स्थानीय विद्यार्थीलाई लत्ताकपडा वितरण गरेका थिए । हिमाल आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्रालाई लत्ताकपडा दिइएको हो ।

टिप्पणीहरू