बहुपत्नीवाला एमाले नेता धरौटीमा छुटे

बहुपत्नीवाला एमाले नेता धरौटीमा छुटे

बहुविवाह मुद्दामा दोषी ठहर भई कारागार चलान भएका एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा छुटेका छन् । उनी हिजो दैनिक ३ सय रुपैयाँको दरले एक बर्षको एकमुष्ट जरिवाना तिरेर रिहा भएका हुन् । 

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५५ (१) मा एक वर्षभन्दा कम कैद सजाय पाएका कसुरदारलाई कैद नबसे पनि हुने सुविधा छ । त्यस्ता कसुरदारले दिनको तीन सय रुपैयाँका दरले जरिवाना तिरेर कैद नै नबसी सजाय कटौती गर्न पाउँछन् । 

शेर्पालाई सोही ऐनबमोजिम कैद सजायबापतको जरिवाना तिर्न न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको एकल इजलासले सुविधा दिएको हो । उनी एक वर्ष कैद सजायबापतको एक लाख नौ हजार पाँच सय रुपैयाँ र पाँच हजार रुपैयाँ जरिवाना तिरेर छुटेको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

उनी एक वर्ष कैद सजायबापतको एक लाख नौ हजार पाँच सय रुपैयाँ र पाँच हजार रुपैयाँ जरिवाना तिरेर छुटेको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

बहुविवाहको मुद्दामा दोषी ठहर भएका शेर्पा गत कात्तिक १९ गते डिल्लीबजार कारागार चलान भएका थिए । उनकी श्रीमती करिश्मा खरेलले जिल्ला अदालत काठमाडौंमा बहुविवाहको मुद्दा हालेकी थिइन् । अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाएपछि उनी उच्च अदालत पाटन पुगेका थिए । 

तर, उच्चले पनि जिल्लाको फैसला सदर गरिदियो । अदालतको फैसलापछि समेत राजनीतिक संरक्षणमा उम्किँदै आएका उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका थिए । एमालेको जनसंगठन जनजाति महासंघमा अध्यक्षसमेत रहेका शेर्पाविरुद्ध मानव तस्करी,ठगी,चेक बाउन्सजस्ता मुद्दा विचाराधीन अवस्थामा छन् ।

टिप्पणीहरू