हुँडारको हल्लाले सरकारीलाई हदै सास्ती

हुँडारको हल्लाले सरकारीलाई हदै सास्ती फाइल फोटो

मोरङ रंगेलीको सिमावर्ती क्षेत्रमा हिंसक जनावर हुँडार (हाइना) आएको हल्ला फैलिएपछि तीनदिनदेखी सरकारी अधिकारीहरुले पाउनु सास्ती पाइरहेका छन  । जनावर मात्र नभएर मान्छे नै पनि खाने हुँडार आएको हल्ला व्यापक भएपछि स्थानियहरु त्रसित भएर रातभरि गस्ती गर्ने र वाटाघाटो र घरको बत्ती झलमल्ल बालेर रात गुजारी रहेका छन् ।  

अफ्रिका तथा एसियाका केही भुभागमा मात्र पाइने लोपोन्मुख मांसहारी जनावर हुँडार (हाइना) को बथान मोरङको रंगेली नगरपालिकाको भारतीय सिमाक्षेत्रमा पर्ने वडा नं ४ र ५ का देखापरेको भन्दै स्थानियहरु त्रसित बनेर रातभरि झमल्ल बत्ती बालेर सुत्ने निय युवाहरुले घरघरमा बसेर गस्ति गर्न  थालेका छन । हुँडार आएको गाउँलेले मात्र नभएर वडा अध्यक्षहरुले समेत प्रहरी र बन कार्यालयमा सूचना दिएपछि ईप्रका रंगेली , डिविजन वन मोरङ र सव डिविजन कार्यालय रंगेलीदेखी कोशी टप्पु निकुन्जका संरक्षण अधिकृतहरुले सास्ती भोगिरहेका छन । उनीहरुलाई दिनहुँ दजनौ पत्रकार व्यक्त्तिहरुले फोन गरेर खोई त हुँडार भनेर सोध्ने गरेका छन् ।

सरकारी  अधिकारीहरु चाँही ‘हामी खोजेर लोकेट गर्दैछौ फेला पारयौ भने टोली खटाएर उद्दार गछौ र निकुन्जमा पठाउँछौ तर तीन दिन खोज्दा पनि फेला पारेका छैनौ ’ भनेर सबैलाई जवाफा दिदै आएका छन । किनभने होइन हुँडार आएको कुरा हल्ला मात्र हो भनौ भने साँच्चै फेरि हुँडार आयो र जनावर र मान्छेलाई क्षति पुरययो भन्ने भय पनि सरकारी अधिकारीहरुमा छ । हो भनौ भने मरिहत्ते गरेर खोजी गर्दा पनि हुँडार कतै फेला परेको छैन । मोरङका डिएफओ उत्सव थापाले भने , ‘गाउँलेले भनेपछि हामी खोजी गरिरहेका छौ तर लोकेट भएको छैन खोई स्याललाई नै हल्लाले गर्दा हुँडार भनेर देखेका हुनकी ?’ यसैले बन रक्षकहरुले राती हुँडारलाई बत्ती बालेर खोजी गरिरहेका छन तर कतै फेला परेको छैन । हुडार नेपालको सिमा क्षेत्रमा देखिएको हल्ला चलेपछि आइतवार निकुन्जका संरक्षण अधिकृत , बन अधिकृत र प्रहरीहरुले छलफल पनि गरेका छन । तर लोकेट हुन नसकेको यो कसैले प्रोपोगण्डा गर्न हल्ला फैलाको निष्कर्ष सरकारी अधिकारीहरुको छ ।

हुँडारको हल्लाले सबैभन्दा धेरै ईप्रका रंगेलीका ईन्स्पेक्टर नगेन्द्र वोगटीले पाइरहेका छन । उनले दिनरात अरु काम छाडेर हुडारकै चिन्तामा केही भइपोहाल्छ कि भनेर पिरोलिनु परेको छ । सरकारी अधिकारीहरुका अनुसार हुँडारको हल्ला फैलनुमा दुई कारण हुनसक्छन , कसैले सुरक्षा निकायको ध्यान डाइभर्ट गरेर आफनो स्वार्थसिद्धी गर्न वा सिमा क्षेत्रबाट राती तस्करी गर्न खोजेको हुनसक्छ । अर्को यतिवेला तराईमा धान काटन धमाधम भएकोले धान चोरहरुले पनि वा धान चोरी नहोस भनेर धेरै धानखेती हुनेहरुले पनि चोर अनावोस भनेर यस्तो हल्ला फैलाएको हुनसक्छ । जेहोस हुँडा खोजी गर्दा पनि लोकेट हुन नसकेकोले यो हल्ला मात्र भएको र हल्लाकै भरमा पत्रकार र जनप्रतिनिधिहरु पनि कुदिदिँदा स्थानिय भने त्रासमा बाँच्न बाध्य भैरहेका छन् । अहिले रंगेलीको ४ र ५ नम्बर वडामा वडा अध्यक्षहरुले कहिल्यै बत्ती नबल्ने ठाउँमा पनि झमल्ला  बत्ती बाल्न लगाएका छन । हुँडारको त्रासले गर्दा राती बालबालिका र महिलाहरु दिसापिसाब गर्न पनि घरबाहिर निस्कन डराउन थालेका छन् ।

यसरी फैलियो हल्ला

नेपालमा लोपोन्मुख मानिएको हिंसक जनावर हुँडारको बथान रंगेली नगरपालिका ५ नम्बर वडा अध्यक्ष महानन्द मण्डलका अनुसार बेला बेला भारत विहारको अररिया जिल्लाको पिपरातिर हुँडार देखिको हल्ला चल्नेगर्दथ्यो । यसपाली पनि एक हप्ता अघि त्यस्तै हल्ला चल्यो । तीन दिन अघि त हुँडार आफनो गाउँमै देखापरेको र दुई जना घाइते समेत भएको भन्दै कसैले भारतको फोटो हालेर समाािजक सञ्जालमा पोष्ट गरयो । अनि त के थियो , त्यसलाई रंगेलीका अनलाईन मिडियाले समाचार बनाए त्यसैको आधारमा निकुज्जका संरक्षण अधिकृत  मोरंङका डिएफओ अनि वडा अध्यक्षहरुको भनाई राखेर नेपालप्रेसमा हुँडार देखिएको समाचार छापियो । अनि त के थियो । त्यो समाचारलाई विराटनगरदेखी देश विदेशका अनलाइनहरुले कपिपेष्ट गरे । हल्ला झन व्यापक भयो ।

 सचेत स्थानियहरुका अनुसार रंगेलीको सिमा क्षेत्रदेखी करिब २० किमी दक्षिणमा पर्ने भारतको पिपरा क्षेत्रमा दुई जना व्यक्त्ति घाइते भए । उनीहरुलाई हुँडारले घाइते बनाएको हल्ला नेपालमा पनि आइपुग्यो । हल्लामात्र आएन घाइते हुने रंगेलीकै भएको र उनीहरुको अस्पतालमा उपचार भैरहेको हल्ला झन व्यापक भयो । प्रहरीले समाचार प्रकाशन गर्नै रंगेलीको आवरप्रदेशका पत्रकारलाई कहाँको फोटो हो कस्ले दिएको हो बताइदिनुहोस भन्दा उक्त्त फोटो नेपालको नभएर भारततीरको भएको खुल्यो । यसैले हुँडारको हल्ला पनि भारतबाट नेपालको सिमाक्षेत्रमा आएको हो प्रस्ट भयो ।

सचेत स्थानियहरु भने रंगेलीको सिमा क्षेत्रमा धेरै स्यालहरु राती देखिने र कसैले हल्ला चलेपछि स्याललाई नै हुँडार भनेर झन त्रास फैलाएको हुनसक्ने पनि बताउँछन । तर पनि मांसहारी जनावर हुँडारको बथान तीन चारदिनदेखी राती राती देखिन थालेको भन्दै   स्थानीय बासिन्दामा त्रासचाँही झन व्यापक भैरहेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षका बरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र यादवले रंगेलीमा हुँडार देखिनु   दुर्लभ घटना भएको र लोकेट गरेर उद्धार गर्नका लागि टोली खटाइसकेको  तर फेला नपरकोले कसैले प्रोपोगण्डाका लागि हल्ला फैलाएको वा भारतमा चलेको हल्ला नेपालसम्म आएपछि स्थानिय त्रसित बनेकोले झन त्रास बढेको बताउँछन । उनका अनुसार सन् २०११ मा भएको अध्यनमा नेपालका २५ जिल्लामा हाइना पाइने देखाइएको भएपनि त्यसपछि भने हुँडार  कतै देखिएको छैन । तत्कालको  अध्ययनअनुसार नेपालमा हाइनाको संख्या करिब एक सयको हाराहारीमा रहेको अनुमान छ ।  

कस्तो जनावर हो हुँडार ? 

बन्यजन्तु विज्ञका अनुसार हुँडारको शारीरिक बनावट, व्यवहार तथा सामाजिक संरचनाबारे स्पष्ट जानकारी दिएको छ। मांसहारि दुर्लभ  परिवारमा पर्ने यो जनावर सामान्यतया कुकुर जस्तै देखिए पनि वैज्ञानिक दृष्टिले छुट्टै वर्गमा पर्दछ ।

अध्ययनका अनुसार हुँडारहरू अफ्रिका र एसियाका केही भू–भागमा बढी पाइन्छन्। बलियो जबडा, हाँसो जस्तै सुनिने आवाज र अनुशासित समूहमा बस्ने स्वभाव यसको प्रमुख पहिचान मानिन्छ। विशेषगरी हुँडारलाई खुला स्थानमा मातृसत्तात्मक समूहमा बस्ने जनावरका रूपमा चिनिन्छ ।

विशेषज्ञहरूले हुँडारलाई प्रायः मृत जनावर खोजेर खाने जनावरका रूपमा बुझाइए पनि त्यसमा मात्र सीमित नरहेको बताएका छन्। उनीहरू अत्यन्तै सक्षम सिकारीसमेत भएको अध्ययनमा उल्लेख छ। अगाडिको खुट्टा लामो र पछाडिको छोटो भएकाले हुँडारको शरीर अघि तिर झुकेसरि देखिन्छ।

शक्तिशाली जबडाका कारण हड्डीसम्म चुँडेर खाने क्षमताको संसारमै उदाहरणीय जनावरको रूपमा हुँडारलाई वैज्ञानिकहरूले वर्णन गरेका छन्। साथै, समूहभित्र सूचना आदान–प्रदानका लागि निकालिने विशिष्ट आवाज यसको अर्को आकर्षक विशेषता मानिन्छ झट्ट हेर्दा कुकुरजस्तो देखिने, अगाडिको खुट्टा लामो र पछाडिको छोटो हुने यो जनावर मांसाहारी र चलाख मानिन्छ । यिनीहरु समूहमा शिकार गर्ने गर्दछन् ।

खरायो , स्याल , बाख्रा , हरिण अर्ना  , बँदेल आदि खान रुचाउने हुँडारले विशेष अवस्थामा मान्छेमाथि समेत आक्रमण गरेर खाने गर्दछ  । नेपाल सरकारले हाइनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । यसलाई मार्न वा कुनै पनि प्रकारले हानी पुर्‍याउनु गैरकानुनी मानिन्छ ।     

टिप्पणीहरू