सिंहदरबारमा क्याबिनेट बैठक जारी

सिंहदरबारमा क्याबिनेट बैठक जारी

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्याबिनेट बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सवा ५ बजेदेखि शुरु भएको बैठक बसिरहेको छ जसले नेपाल प्रहरीको नयाँ नेतृत्व छनौट गर्नेछ ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा,भौतिक पूर्वाधार,शहरी विकासमन्त्री कुलमान घिसिङ,गृहमन्त्री ओमप्रकाश अर्याल,उद्योग,कानुन,भूमि व्यवस्थामन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार,सञ्चारमन्त्री जगदीश खरेल,स्वास्थ्यमन्त्री डा.सुधा गौतम, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र मुख्यसचिव एकनारायण अर्यालको उपस्थिति छ । 

मन्त्रिपरिषद्को बैठक हरेक साताको सोमबार र बिहिबार बस्ने गरेको छ ।

टिप्पणीहरू